काठमाडौं । मानव बेचबिखन तथा ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा नवलपरासी घर भई कास्कीको पोखरामा महानगरपालिका-६ मा बस्दै आएका दुर्गाबहादुर पौडेल क्षेत्री रहेका छन् ।पौडेललाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले भक्तपुर नगरपालिका-१७ बाट पक्राउ गरेको हो।उनले काठमाडौंबाट पोखरा जाने बसमा एक जना महिलालाई भेटेका थिए ।
उक्त यात्राको क्रममा दुई जनाबीच कुराकानी भयो।क्षेत्रीले ती महिलालाई मन परेको र विवाह गर्न चाहेको कुरा सुनाएका थिए। संवाद हुँदा ती महिलाले आफ्नी बहिनी मिर्गौलाको बिरामी रहेको जानकारी दिइन्।उक्त जानकारी पछि क्षेत्रीले आफ्ना साथी मिर्गौलाको डाक्टर रहेको भन्दै ती महिलालाई झुक्याएका थिए। क्षेत्रीले त्यस भेटमा आफू अविवाहित रहेको कुरा सुनाएका थिए ।
आफ्नी बिरामी रहेकी बहिनीको उपचार समेत हुने भएपछि ती पीडित महिलाले क्षेत्रीसँग विवाह गरिन्।त्यसपछि ती महिलालाई क्षेत्रीले बेच्नका लागि भारतको सीमा क्षेत्रमा रहेको बजारसम्म पुर्याएको पाइएको हो।तर मानव बेचबिखन विरूद्ध काम गर्ने संस्थाहरूले बेचबिखनमा परेको हुन सक्ने भनेपछि ती महिला फर्किएकी थिइन्।पीडित महिलाले आफूलाई बेचबिखन गर्न लागेको र ठगी गरेको भन्दै ब्यूरोमा जाहेरी दिएपछि क्षेत्री पक्राउ परेका हुन् ।








प्रतिक्रिया