हातहतियार मुद्दामा ३ वर्ष कैद सजाय पाएका खान गौशालाबाट पक्राउ

न्यूज डेस्क     २०८० चैत्र १६, शुक्रबार २१:१८ बजे मा प्रकासित


जनकपुरधाम । हातहतियार तथा खरखजना मुद्दामा तीन वर्ष कैद सजाय तोकिएका व्यक्ति पक्राउ परेका छन् ।

सिरहाको कल्याणपुर नगरपालिका–८ का ३१ वर्षीय मोहमद लालु खान भनिने लालु खानलाई प्रहरीले पक्राउ गरेका हो । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनलाई गौशालाबाट पक्राउ गरेको हो ।

हातहतियार सम्बन्धी मुद्दामा उनीविरुद्ध ३० कात्तिक २०७९ मा ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो । पक्राउ परेका खानलाई फैसला कार्यान्वयनका लागि अदालत पठाइएको परिसर काठमाडौंका प्रवक्ता तथा एसपी अनराज अधिकारीले बताए ।फाइल तस्बिर 

प्रतिक्रिया





Top