जनमत पार्टीका उपाध्यक्ष खान चढेको कार दुर्घटना

न्यूज डेस्क     २०८० चैत्र २६, सोमबार १५:३७ बजे मा प्रकासित


जनकपुरधाम । जनमत पार्टीका उपाध्यक्ष एवं सांसद अब्दुल खान चढेको कार दुर्घटनामा परेको छ ।

संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति समेत रहेका खान लगायत बर्दिया जाने क्रममा धादिङमा दुर्घटना भएको बताइएको छ ।

हाल सांसद खानसहित अन्य घाइतेको धादिङ जिल्ला राजमार्ग अस्पताल मलेखुमा भइरहेको र थप उपचारका लागि काठमाडौं ल्याउन लागिएको बताइएको छ । उनीसँग गाडीमा को को थिए भन्ने स्पष्ट हुनसकेको छैन ।

प्रतिक्रिया





Top