सिरहा : नाकामा तस्करकाे अखडा बन्दै,तस्करीका अवैध सामान कल्याणपुर प्रहरीकाे नियन्त्रणमा

न्यूज डेस्क     २०८० चैत्र २६, सोमबार १६:१७ बजे मा प्रकासित


सिरहा । सिरहाबाट १० लाख रुपैयाँ बराबरको तस्करीका अवैध सामान प्रहरीले नियन्त्रणमा लिएको छ । कल्याणपुर नगरपालिका-१० स्थित रमना बङ्ठियाबाट शनिबार बिहान साढे ३ बजे प्रहरीले तस्करी गरेर ल्याइएको सामान नियन्त्रणमा लिएको हो ।
प्रहरी सहायक निरीक्षक (असई) दुर्गा यादव नेतृत्वको गस्ती टोलीले एउटा नेपाली नम्बर प्लेट र दुई वटा भारतीय नम्बर प्लेटका मोटरसाइकलमा उक्त सामान भारतबाट नेपाल ल्याइँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो । प्रहरीले कपडा, जुत्ता, चप्पल, औषधि, चुडी, लहठी लगायतका सामान बरामद गरिएको जनाएको हाे ।

 

भारतसँगको सिमानादेखि नै विभिन्न चोक-बजारमा सुरक्षाकर्मीको जाँच हुने गरे पनि यी सामान भने प्रहरीले सीमाभन्दा अन्दाजी २० किलोमिटर वर नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया





Top