पत्रकार विनय आजादमाथि आक्रमणको योजनामा संलग्न सई अमित राई प्रदेश तानिए

न्यूज डेस्क     २०८० चैत्र २७, मंगलवार २१:४९ बजे मा प्रकासित


सिरहा । कान्तिपुर टेलिभिजनका पत्रकार विनय आजादमाथि आक्रमणको योजनामा संलग्न नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (सई) अमित राई प्रदेश तानिएका छन् । वडा प्रहरी कार्यालय सिरहाको प्रमुखका रूपमा कार्यरत राईलाई सोमबार मधेश प्रदेश प्रहरीले कार्यालयले तानेको हो ।

सिरहाका प्रहरी प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाले उनलाई पठाइदिन प्रदेश प्रहरीले पत्र पठाएको जानकारी दिए । प्रदेशले बोलाएपनि जिल्ला प्रहरी कार्यालयले अहिलेसम्म जिम्मेवारीबाट उनलाई मुक्त भने गरिनसकेको उनले बताए ।

सिरहास्थित शारदा डिस्टिलरीले गर्दै आएको राजस्व छली र राजस्व छलीका उक्त अवैध मदिरा भारत तस्करी हुँदै आएको विषय पर्दाफास गरेका विनय आजादमाथि आक्रमण गर्ने योजना गत चैत ८ गते सिरहास्थित एक डेरीमा बसेर तस्करहरूले सई राईकै रोहबरमा बनाएका थिए ।उक्त योजनाको नेपाल पत्रकार महासंघको जिल्लादेखि केन्द्रसम्मको कार्यसमितिले भत्सर्ना गर्दै संलग्नलाई कारबाहीको माग गरेको थियो । यो विषय संसदमा पनि उठेको थियो ।

प्रतिक्रिया





Top