जनकपुर :  हतियारधारीले सहकारीको ८० लाख रकम बाटोमै लुटेर फरार भएपछि

न्यूज डेस्क     २०८१ बैशाख २४, सोमबार २२:०७ बजे मा प्रकासित


जनकपुरधाम । असमय मै प्रहरी प्रमुख एसपीको काज सरुवा गरेपछि तराईका जिल्लाहरूमा अपराधका घटनाहरू बढ्न थालेका छन् । नयाँ एसपी आएको उक महिना पनि नपुग्दै धनुषाका आधा दर्जन ठूला अपराधका घटनाहरू घटिसकेका छन् ।

पत्रकारको हत्यादेखि जघन्य हत्या कै अरु तीन ठूला घटना घटिसकेको जनकपुरमा आज फेरि लुटपाट काण्ड घटेको छ । जनकपुरमा बैंकबाट सहकारीका लागि लगिँदै गरेको रकम बाटोमै लुटिएको हाे । हतियारधारीले सहकारी संस्थाका कर्मचारीले बोकेको ८० लाख रुपैयाँ लुटिएको प्रहरीले जनाएको छ ।

https://www.facebook.com/share/v/jB5ZxesypYBEZNGL/?mibextid=oFDknk
प्रहरीका अनुसार शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर ८० लाख लुटिएको हो । महतोले मोटरसाइकलमा आएका दुई जना हतियारधारीले जनकपुरधाम उपमहानगरपालिका १९ बाट आफ्नो साथमा भएको रकम लुटेको बताएका छन् ।

महतो बैंकबाट रकम निकालेर सहकारीतर्फ जाँदै थिए । सहकारीका बचतकर्तालाई दिन सो रकम लगिएको र यस घटनाका विषयमा अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया





Top