पर्सा : बुढगाइबाट चलिरहेछ तस्करी

न्यूज डेस्क     २०८१ श्रावण ११, शुक्रबार १६:२९ बजे मा प्रकासित


बिरगंज । जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कुमोध ढुङ्गेलको पर्सामा हुदै आएको संगठित तस्करी नियन्त्रणमा ल्याएका छन् । नेपाल प्रहरीमा एसपी दर्जाको लागि सबैभन्दा आकर्षक र अतिरिक्त कमाई हुने जिल्लाका रूपमा चिनिदै आएको यस जिल्लामा करोडौं टेण्डर हालेर जाने प्रचलन छ नै। एकाध बाहेक पर्सामा आएका नेपाल प्रहरीका एसपी टेण्डर हालेर नै आएका छन् ।

 

टेण्डर नहालिकन आएका मध्ये एक हुन हालका एसपी कुमोध ढुङ्गेल । उनले पर्साबाट हुने संगठित तस्करी हालसम्म नियन्त्रणमा लिएका छन् । तर एसपीले यति कडाइ गर्दागर्दै पनि मातहतका केही थाना चौकीका प्रमुखहरूले भने तस्करी नियन्त्रण होइन मिलाएर चलाउन छाडेका छैनन् । यसरी तस्करी चलाउने मध्ये एक नाका हो बुढगाइ नाका । बुढगाइ स्थित प्रहरी चौकीको सेटिङ र संरक्षणमा यहाँबाट भने तस्करी नियन्त्रण हुन सकेको छैन । यो नाकाबाट कस्मेटिक सामानहरू खुलेयाम भारततर्फ तस्करी भैरहेको छ ।

 

तस्करीको लाइन पाउनेमा लड्डु साह र पप्पु गुप्ता प्रमुख रहेका छन् । यसरी तस्करीको लाइन पाउने मध्येका लड्डु साह नेपाली हुन । उनी पर्साको तस्करीको अर्को अखडा भिश्वाका हुन भने उनका पार्टनर पप्पु गुप्ता भारतीय नागरिक हुन । उनी भारत सिक्टाका हुन । उनीहरूले बिरगंज बजारबाट ट्याक्टरमा सामान लगेर गुडगांई नाकाबाट तस्करी गर्दै आएका छन् । ट्याक्टरमा लगेको सामान प्रहरी चौकी र ओरिया नदीको चोरबाटो भएर साइकल र मोटरसाइकलको माध्यमबाट सीमा नाका कटाउने काम गर्दै आइरहेका छन् ।

 

फेयर एण्ड लभ्ली , चाइनिज लाइटर लगायतका कस्मेटिक सामान उनीहरूले तस्करी गर्दै आइरहेका छन् । बुढगाइ प्रहरी चौकीको प्रमुखमा असई ज्योरेलाल राय यादव कार्यरत छन् । उनले लड्डु र पप्पुलाई तस्करीको लाइन दिएको यहाँका व्यापारीहरू बताउँछन् । त्यसैगरि इनर्वा गाउँबाट पनि तस्करी चलिरहेको छ।

बुढगाईको नाका हुँदै रातिको समयमा धान र सख्खर लोड ट्रेक्टर दैनिक नेपालतर्फ भित्रीयाउने गरेको स्थानीयहरूले बताएका छन्। तस्करहरुले प्रहरीकै सेटिङमा रातिराति ट्याक्टरकै माध्यमले सख्खर र धानको तस्करी गर्ने गरेका छन भने दिनको समयमा साइकल र मोटरसाइकलमा २–२ बोरा ल्याई जम्मा गरी ट्याक्टरमा लोड गरेर बीरगञ्ज, परवानीपुर, जितपुरसम्म पठाउने गरेका छन्। बिहार सरकारले मदिरा उत्पादन तथा बिक्रीबितरणमा रोक लगाएका कारण नेपालबाट भारततर्फ घरेलु मदिरा र सिल प्याक मदिराको पनि तस्करी भइरहेको छ।
बुढगाइ नाकाबाट भारतीय माछा हप्तामा ५–६ पिकअप पिकअपमा लोड गरि तस्करीको माध्यमले नेपालतर्फ भित्रियाउने गरेको खबर प्राप्त भएको छ।भारतबाट आयातित माछा क्वारेनटाइन जाँच नै नभई नेपाल भित्रिरहेका छन् । मरेका माछालाई कुहिन नदिन फर्मालिन नामको विषाक्त रसायनको प्रयोग हुन्छ। यसले मानव स्वास्थ्यलाई प्रतिकुल असर पु¥याउन सक्छ।विशेष गरेर भारतको आन्ध्र प्रदेशबाट नेपालमा माछा आयात हुन्छ। दक्षिणी भारतमा मारिएका माछा नेपाली नाकासम्म ल्याउन झन्डै ४÷५ दिन लाग्छ। त्यसैले माछालाई कुहिन नदिन त्यसमा फर्मालिन प्रयोग गरिएको हुन्छ। नेपाल आइसकेपछि पनि व्यापारीहरूले यसलाई ताजै देखाउन फर्मालिनको थप प्रयोग गर्छन्।‘फर्मालिन’ भनिने केमिकल हालिएको माछा भारतबाट क्वारेन्टाइन परीक्षणबिना भित्रिने यस्ता माछा रासायनिक र जैविक रुपमा स्वास्थ्यको दृष्टिकोणले जोखिमपूर्ण हुने चिकित्सकहरू बताउँछन्। तर स्वास्थ्यको लागि घातक भएपनि नेपाली जनताको स्वास्थ्यसंग खेलवाड गरिरहेका छन् ।

हरेक दिन दिउँसो १२ बजेदेखि २ बजेसम्म इनर्वा गाउँबाट तस्करी चलिरहेको छ। एक दर्जन साइकल प्रयोग गरेर किराना र हार्डवेयरका सामानको तस्करी खुलेयाम चलिरहेको छ भने छपकैंया तिरका एक दर्जन महिलाहरूले कपडाको तस्करी पनि गरिरहेका छन् । यो तस्करीमा नेपाल प्रहरीको इनर्वा गाउँ स्थित चौकी र सशस्त्र प्रहरीका भन्सार स्थित गुल्मबाट यहाँ डियुटीका खटिएका प्रहरीले साथ दिदै आएको समेत थाहा भएको छ। शत्रुधनले पिकअपको माध्यमबाट कपडाको ठूलो तस्करी गरिरहेका छन् भने अनिल भन्नेले साईकल प्रयोग गरेर दर्जनौं कामदार मार्फत कपडा र हार्डवेयरका सामानको तस्करी गरिरहेका छन् ।

 

भारतमा गजानन्द नामले चिनिने उनी नेपालको बिरगंजमा भने अनिल नामले चिनिन्छन। बिरगंज भन्सार अगाडीबाट कहिले काहि निगरानी बढाउन थालिएको कारण तस्कर समुहलाई समस्या हुने गरेकै कारण इनर्वा गाउँ हुदै तस्करीको लाइन खुल्ला गरिएको छ ।भारतबाट प्रति दिन करिब २ सय देखि २ सय ५० गेठिया कपडासम्म अबैध तरिकाले नेपाल भित्रिने गरेको बताइन्छ । अबैध तरिकाले भित्रिने कपडा ट्रान्सपोर्टको माध्यमले नेपालको बिभिन्न ठाउँहरूमा पुग्ने गरेको बताइन्छ । बिनय साहबाट

प्रतिक्रिया





Top