धनुषामा सशस्त्र प्रहरीले अबैध मालसामान बरामद

न्यूज डेस्क     २०८१ भाद्र ५, बुधबार २३:५७ बजे मा प्रकासित


जनकपुरधाम । धनुषाका विभिन्न स्थानबाट १९ लाख रुपैयाँ बराबरको भन्सार छलीका सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

खुल्ला सिमानाको फाइदा उठाउँदै भारतीय सिमावर्ती बजारबाट चोरीपैठारी गरी ल्याउँदै गरेको अवस्थामा प्रहरीले लत्ताकपडा र किरानाका सामान बरामद गरेको हो । ढुवानीमा प्रयोग गरिएको एउटा टेम्पो र ६ वटा मोटर साइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नम्बर ८ गण हेडक्वाटर धनुषा र मातहत बेश तथा विभिन्न बिओपीहरुबाट सुचनामा खटि गएको टोलीले १९ लाख मूल्य बराबरको लत्ताकपडा, किरानका मालसमानहरु बरामद गरेको हो ।

गाडीसहितको सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाइएको धनुषाका सशस्त्र प्रहरी उपरीक्षक दर्शन गिरिले जानकारी दिएका छन ।

प्रतिक्रिया





Top