महोत्तरी : रेल्वे स्टेशन र ट्रयाक निर्माणाधीन राजश्व छली भएको भन्दै अख्तियारमा उजुरी
महोत्तरी । महोत्तरीको बर्दिवासमा निर्माणार्थ रेल्वे स्टेशन र ट्र्याकमा करोडौ राजश्व छली भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । स्थानिय नागरिक समाजले उक्त स्टेशन र ट्र्याक निर्माणार्थ प्रयोग भएको नदीजन्य पदार्थमा स्थानिय सरकारको मिलोमतोमा नै राजश्व छली भएको दावी सहित उजुरी दिएका हुन । निर्माणस्थलमा झण्डै ९ लाख घनमिटर नदीजन्य पदार्थको राजश्व मिलोमतोमा नै छली भएको र राज्यलाई तिर्नुपर्ने १६ करोड ९२ लाख करको विषयमा छानविन गर्न उजुरीमा माग गरिएको छ ।
नाम नखुलाउने सर्तमा निवेदकले प्रमाणसहित नगरप्रमुख प्रल्हाद कुमार क्षेत्री, स्थानिय प्रशासन, ठेक्केदार र समन्वय समितिलाई विपक्षी वनाएर निवेदन दर्ता गराएको वताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि निर्माणाधिन क्षेत्रमा करोडौ राजश्व छली गरेको व्यहोरामा निवेदन दर्ता भएको वताएको छ । अनुसन्धान प्रक्रिया अगाडि वढेको हुनाले निवेदकको गोपिनियता र अनुसन्धानलाई ध्यानमा राख्दै थप सुचनाहरु दिन नमिल्ने केन्द्रिय कार्यालय टंगालले जनाएको छ ।
यता राजश्वको विषय नगर क्षेत्रमा पेचिलो वन्दै गएको छ । व्यक्तिका जग्गाहरु उत्त्खनन गरेर निर्माणस्थलमा पुर्याएको फेला परेपछी शंका गर्ने आधारहरु देखिएको स्थानीयहरूले वताएका छन ।निजि जग्गावाट उत्त्खनन गर्दा पारम्भिक वातावरण परिक्षण गरी नगरवाट स्वीकृति लिएर राजश्व तिरेपछि मात्र किनवेच गर्न पाउने प्राधान छ तर स्थानिय सरकार र समन्वय समितिको नै आडमा निर्वाध ओसारपसार भएको क्रसर व्यवसायी हर्क लामा वताउछन ।
जयनगर, जनकपुर, विजुलपुरा र भंगहा–बर्दिबास ब्रोडगेज रेल मार्गको ६९ किलोमिटर मार्गमा बनेका एक दर्जन स्टेसन, हल्ट र जक्सन मध्ये मुख्य स्टेशनकोरुपमा निर्माणाधीन रेल्वे स्टेशन र वरपरको ट्रयाकमा भैइरहेको नदीजन्य पदार्थको राजश्व छली भएको आशंका गर्दै जिल्ला समन्वय समितिले रेल्वेलाई पत्र समेत पठाएको छ ।
निर्माणस्थलमा थुपारिएको नदीजन्य पदार्थको स्रोतको विषयमा प्रश्न उठेपछि विवरणहरु बुझाउन दुई पटक पत्र पठाएतापनी उनीहरुले अहिलेसम्म नपठाएको समन्वय समिति प्रमुख सुमन कर्णले जानकारी दिए ।
‘उत्त्खननलाई दुई प्रकारले हेर्नुपर्छ एउटा राजश्व र अर्को वातावरण, यी दुवैमा मापदण्ड पुगेको छ भने वैधानिक नै हुन्छ ।’ प्रमुख कर्णले भने । ‘यी भनेका राज्यको ढुकुटी हुन यसलाई कसैले छल्नु भनेको अपराध हो, जोसुकै भएतापनी कानुनको दायरामा आउछन र छानविन प्रक्रिया अगाडी वढाउनु पर्छ ।’
अहिले नगर क्षेत्रको ३ वटा प्याकेजमा काम भईरहेको छ । भव्सी पूलदेखि रेल्वे पुलसम्म बजरंग जेभी अमर, रेल्वे पुलमा कालिका र स्टेशनमा डीएनएन जेभीले निर्माण ठेक्काको जिम्मेवारी लिएर काम गरिरहेका छन ।








प्रतिक्रिया