जनकपुर : यसपालि बोका बलीका टिकट मुल्य ३०० रुपैया लाग्ने !

न्यूज डेस्क     २०८१ आश्विन १६, बुधबार २०:५१ बजे मा प्रकासित


जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित माँ राजदेवी मन्दिरमा यस वर्ष बोकाकाे टाउकोकाे लागि टिकट शूल्क बढाइएको छ ।

आज बुधबार मन्दिर प्राङनमा आयोजित पत्रकारसम्मलेनमा महावीर युवा कमिटीका अध्यक्ष अजय गुप्ताले पहिला बोका बलीमा प्रति बोकाको टाउकोको शुल्क रु २०० रहेकोमा यसवर्ष १०० रुपैयाँ बढाएर जम्मा ३०० गरिएको जानकारी दिए । साथै उनले बोका लिएर आउने जोकोहीले पनि निःशूल्क भोजन गर्न सक्नेसमेत व्यवस्था मिलाइएको बताए । विगतको वर्षहरुमा प्रति टिकट एक जनालाई मात्र भोजन गराउने सुविधा रहेकोमा यस वर्ष जतिसुकै जना आएतापनि सबैजनालाई निःशुल्क भोजनको व्यवस्था गरिएको अध्यक्ष गुप्ताले बताए ।

 

साथै उनले विभिन्न मितिमा हुने कार्यक्रमहरुको बारेमा समेत जानकारी दिए । उनले यस वर्ष जम्मा ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए ।

 

प्रतिक्रिया





Top