जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिकाका योजना प्रमुख ऋषिकेश साहलाई आन्तरिक कारवाही गरिएको छ । योजना प्रमुख साह जनकपुरधाम उप–महानगरपालिकाको मेयरमा मनोजकुमार साह निर्वाचित भएको केही दिन पछि कार्यभार सम्हालेका थिए । उनी भन्दा पूर्व वरिष्ठ इन्जिनियर वीरेन्द्र यादव योजना प्रमुख थिए ।
मेयर साहले दुई बर्ष ८ महिनामा यो दोस्रो पटक कर्मचारीहरुको कार्य फेरबदल गरेको हो । यो भन्दा पहिला मेयर साहका छोराले तत्कालीन लेखाका कर्मचारी सुनिल गुप्तामाथि हातपात गरेपछि गुप्तालाई अहिले वडा नम्वर १८ का वडासचिवको जिम्मेवारी दिए, प्रशासन प्रमुख गुरुदेव साहलाई पनि वडा १९ मा वडा सचिव बनाएका छन् । प्रशासन प्रमुख साहले गुप्ताको साइड लिएको भन्दै मेयर साहले सचिव बनाएका छन् ।
तर, ऋषिकेश मेयर साहको प्रिय कर्मचारीको रुपमा रहेको भए पनि दुवै जनावीच योजना सञ्चालनको बिषय र अन्य बिषयमा समेत मतभेद देखिएपछि गत असार श्रावण देखिनै दुवै बीच मतभेद शुरु भएको कर्मचारी स्रोतको भनाई छ ।
स्रोतका अनुसार गत आर्थिक बर्षको योजना फर्छौयोट पछि दुवै जना बीच मतभेद शुरु भएको थियो । आगामी आर्थिक बर्षको कार्य प्रारम्भ गर्नु भन्दा पहिला उनी ऋषिकेश लाई हटाउनुपर्ने भन्दै उनका सचिवालयको उनीमाथि दवाव र सल्लाह थियो ।
जनकपुरधाम उप महानगर भित्र वरिष्ठ इन्जिनियर हुँदा हुँदै कनिष्टलाई योजना प्रमुख बनाएपछि मेयर साहको व्यापक आलोचना भएको थियो । तर, अहिले पनि वरिष्ठ इन्जिनियर यादव हुँदाहुँदै इन्जिनियर देवनारायण पण्डिलाई योजना प्रमुख बनाइएको छ ।








प्रतिक्रिया