रविपछि सरकारले मेयर बालेनलाई पक्राउ गर्न खोजेको सीके राउतको दाबी

न्यूज डेस्क     २०८१ पुष २२, सोमबार १८:०१ बजे मा प्रकासित


काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले रबि लामिछानेलाई समर्थन गर्दा आफूमाथि राज्यले आतंक मच्याएको आरोप लगाएका छन् ।

एभिन्यून खबर टेलिभिजनको कार्यक्रम बिशेष सम्वादमा प्रस्तोता सुशील पाण्डेसँग कुराकानी गर्दै राउतले रबिलाई आफूले समर्थन गर्दा सरकारले प्रतिशोध साँधेको दाबी गरे । उनले आफूबिरुद्ध राज्यले जासुस खटाएर निगरानी गरेको पनि राउतको आरोप छ ।

एक प्रश्नको उत्तरमा राउतले रबि पछि सरकारले आफूलाई पक्राउ गर्न खोजेको र काठमाडौ महानगरका मेयर बालेन साह पनि पक्राउ पर्ने दाबी गरे ।

सरकारले आफ्ना बिरोधी जो कोहीलाई पनि छानी छानी कारवाही गर्न खोजेको राउतको भनाई छ । राउतसँगको बिस्तृत कुराकानी गरेको भिडियो राती ९ बजे एभिन्यूज टेलिभिजनमा हेर्न सकिनेछ ।

प्रतिक्रिया





Top