वीरगन्ज : गोदाममा आशंकापछि छापा , ५० लाख बढीको सामान बरामद

न्यूज डेस्क     २०८१ माघ १४, सोमबार २२:११ बजे मा प्रकासित


वीरगन्ज । सशस्त्र प्रहरी बलले भन्सार छली गरेर भित्र्याइएको ५० लाख ९३ हजार मूल्य बराबरका कपडा तथा हार्डवेयरका सामान बरामद गरेको छ ।

भारतबाट भन्सार राजश्व छलेर वीरगन्जमा ल्याई आदर्शनगरस्थित गोदाममा भण्डारण गरिएको आशंकामा सशस्त्र प्रहरीले छापा मारेको हो ।

 

सोमबार बिहान ७ बजेतिर प्रतावित सीमा सुरक्षा गुल्म वीरगन्जका सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाको नेतृत्वमा खटिएको टोलीले आदर्शनगरको ट्रान्सपोर्ट क्षेत्रमा रहेको एक गोदाममा छापा मारेको थियो ।

त्यसक्रममा गोदमभित्र भण्डरण गरी राखिएका ३० पोका कपडा र हार्डवेयरका सामानहरू सशस्त्र प्रहरीले बरामद गरेको सशस्त्र प्रहरी बल १३ नम्बर गण हेडक्वाटर पर्साले जनाएको छ ।

नियन्त्रणमा लिइएका ती सबै सामान भन्सार राजश्व छलेर चोरी पैठारी गरेर ल्याइएका सामानहरू रहेको उनले दाबी गरे। बरामद कपडा र हार्यवेयरका सामानको बजार मूल्य ५० लाख ९३ हजार ७ सय रुपैयाँ रहेको बताइएको छ ।

सशस्त्र प्रहरीका अनुसार बरामद सामानलाई आजै वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरिएको छ ।

प्रतिक्रिया





Top