कमला नगरपालिकाका मेयर र प्रशासकीय अधिकृत कमिसनको खेलमा

न्यूज डेस्क     २०८१ माघ १६, बुधबार ०७:५४ बजे मा प्रकासित


जनकपुरधाम। धनुषाको पुर्वी क्षेत्रमा रहेको कमला नगरपालिका अहिले भ्रष्टाचारको अखाढा बनेको छ ।

कमला नगरपालिकामा लामो समय देखि कार्यरत रहेका प्रशासकीय अधिकृत संतोष कुमार मिश्रको बिशेष उपस्थितिले नगरपालिकामा भ्रष्टाचार मौलाएको कुरा यहाका उपमेयर शिला देवि मण्डल बताउछिन ।

मेयर विशेश्वर यादवलाई आफ्नो हातमा लिएर कमिसनको खेल खेल्दै आएका मिश्रले यस पालिकाको विकासे बजेट थन्काएर एन जि ओ र आई एन जि ओ को काममा मत्रै लगानी गर्ने गरेको बारे उपमेयरले खुलासा गरेकि छिन।पालिकाले गर्दै नगरेको कामको भुक्तानी गराउन प्रशासकीय अधिकृतले आफुलाई अनुगमन प्रतिवेदनमा हस्ताक्षर गर्न करकापा गरिरहेको बताएकी छिन ।

आर्थिक बर्ष २०८०/८१ को बजेट अनियमितताको मुद्दा अख्तियारमा रहेकोले अझैसम्म कतिपय कामको भुक्तानी रोकिएको भएपनी अझैसम्म मेयर र प्रशासकीय अधिकृतको मिलोमतोमा हुने भ्रष्टाचारको जिम्मा आफू नलिने बताउदै कोष तथा लेखा नियन्त्रण कार्यालयसम्म जानकारी गराइदा गराउदै अझै अख्तियारले केही पहल नभएको प्रती आक्रोश ब्यक्त गर्दै उपमेयरले विगतमा आम संचारलाई गुहार लगाउदा समेत कमिसनको खेल बन्द नभएको ले आफ्नो अनुगमन प्रतिवेदन बिना कुनैपनी भुक्तानी नगर्न निर्देशन दिदादिदै प्रमुख प्रशासकीय अधिकृतले कानुन मिच्ने गरेको बताएकी छिन ।

विगतमा दुईटा कमला नगरपालिका र पिपरा गाउपालिका गरि दुईटा पालिकामा थप जिम्मेवारी पाएका प्रमुख प्रशासकीय अधिकृत अधिकांस समय जनकपुरको आफ्नो घरमै बस्ने गरेको गुनासो स्थानिय सेवाग्राहीले गर्दै आएकाछन ।स्थानियको अनुसार अधिकृत मिश्र काम गर्नु भन्दा बढी समय मेयर रिझाउन ,अख्तियार मिलाउन र आफ्नो सरुवा सेटिङ्गमा नै बिताउने गरेका छन ।


कार्यालयको लेखा अधिकृतलाई आफ्नो कन्ट्रोलमा राखेर जनकपुर मै चेक काट्ने गरेको कुरा नाम नखोल्ने शर्तमा एक कर्मचारीले बताएका छन ।

प्रतिक्रिया





Top