डान्सबारबाट ८ महिलासहित ११ जना पक्राउ

न्यूज डेस्क     २०८१ फाल्गुन १४, बुधबार १८:१० बजे मा प्रकासित


महोत्तरी । महोत्तरीको औरही स्थित अवैध डान्सबारबाट ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही थालेको छ ।

 

औरही नगरपालिका–२ स्थित ब्लयाक एण्ड व्हाइट डान्सबारबाट ८ महिला र ३ पुरुषलाई इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

 

उनीहरूले डान्सबार सञ्चालन गर्न सम्बन्धित निकायबाट स्वीकृति नलिएको र महिला कर्मचारी राखेर सामाजिक मूल्य मान्यतामा असर पुर्‍याउने कार्य गरेको प्रहरीको भनाइ छ।सोमबार राति पक्राउ परेका ११ जनालाई मंगलबार अभद्र व्यवहारको मुद्दामा म्याद थप गराई अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया





Top