लागूऔषध सहित दुई जना पक्राउ

न्यूज डेस्क     २०८१ फाल्गुन १८, आईतवार २३:२५ बजे मा प्रकासित


सिरहा, १६ फागुन . सिरहाको गोलबजार नगरपालिकाबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी गस्ती टोलीले गोलबजार नगरपालिका(६, कृष्ण मन्दिर नजिकबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार, मंगलबार राति करिब ८ बजे मोटरसाईकल ०२-००८प ०७३८ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा चालक सुवर्ण मणी पाण्डे २९ र काशि साह ३७ शंकास्पद देखिएपछि खोजतलास गरिएको थियो। सो क्रममा पाण्डेले लगाएको ज्याकेटको दाहिने खल्तीबाट सेतो कागजमा बेरिएको १२ वटा साना कालो प्लास्टिकमा लागूऔषध जस्तो देखिने खैरो हिरोइन फेला परेको थियो। बरामद पदार्थको तौल १ ग्राम ८४० मिलिग्राम रहेको छ ।

प्रहरीले लागूऔषधसहित मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुवैजनामाथि सिरहा जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कर्यालय सिरहाले जनाएको छ।

प्रतिक्रिया





Top