काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले भारतीय सुटर गुड्डु पटेललाई गोली हानी पक्राउ गरेको छ ।दुई वर्षअघि गोठाटारमा मारिएका लाल मोहम्मद प्रकरणका फरार आरोपी पटेललाई आइतबार प्रहरीले काठमाडौंको टोखाबाट पक्राउ गरेको हो ।
काठमाडौंको मनोहरा नगरपालिकास्थित गोठाटारमा मोहम्मदको गोली हानी हत्या गरिएको थियो । मोहम्मदको हत्या किन भएको थियो भन्ने बारेमा प्रहरीले त्यसबेलादेखि नै तीन जनालाई पक्राउ गरी अनुसन्धान जारी राखेको थियो ।प्रहरीले मोहम्मदलाई गोली हान्ने व्यक्ति गुड्डु पटेल भएको भन्दै खोजी जारी राखेको थियो ।
उनी नेपाल आएको थाहा पाएर पिछा गरिरहँदा पटेलले प्रहरीलाई नै आक्रमण गरेपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ ।प्रहरीले उनीमाथि तीन राउण्ड गोली चलाएको थियो । गोली लागेर घाइते भएका उनलाई प्रहरीले उपचारका लागि अस्पताल लगेको छ ।








प्रतिक्रिया