भारतबाट स्वदेश फर्किएका नेपालीमाथि शसस्त्रको ज्यादती

न्यूज डेस्क     २०८१ फाल्गुन २३, शुक्रबार १०:१८ बजे मा प्रकासित


कञ्चनपुर । भारतबाट स्वदेश फर्किएका नेपालीमाथि कञ्चनपुरमा शसस्त्र प्रहरीले ज्यादती गरेको आरोप लागेको छ । कञ्चनपुरको ब्रह्मदेवस्थित सिमानाकाबाट स्वदेश फर्किएका सर्वसाधारण नेपालीमाथि इन्स्पेक्टर नेतृत्वको टोलीले ज्यादती गरेको आरोप लागेको हो ।

केही दिनअघि भारतबाट नेपाल फर्किएका बाजुराका सर्वसाधारण भाडाकुडासहितका सामान ल्याएर आएका थिए । उनीहरु कासका थाली, तामाका भाडा र मन्दिरका लागि घण्टा ल्याएर घर फर्किदै थिए ।

 

तर सिमामा सुरक्षाका लागि नेपाली भूमिमा खटिएको शसस्त्र प्रहरी बलको टोलीले उनीहरुलाई चेकजाँच गरेको थियो । सोही क्रममा उनीहरुसँग भाडाकुडा रहेको भेटिएपछि शसस्त्र प्रहरीले जफत गरेको छ ।

आफ्नो घरमा चाहिँने सामग्रीहरु ल्याएर उनीहरु फर्किदै थिए । तर शसस्त्र प्रहरीको टोलीले जफत गरेर भन्सार कार्यालय बुझाएको थियो । त्यसपछि पीडित नेपालीहरुले आफ्नो सामान फिर्ता पाउनु पर्ने माग गर्दै हारगुहार गरेका थिए ।

पीडितहरु आफ्नो सामान फिर्ता पाउनु पर्ने भन्दै ब्रह्मदेव विओपिमा पुगेका थिए । तर इन्स्पेक्टर दिल बहादुर नेपालीले जफत गरेको सामान भन्सार कार्यालय बुझाइसकेको भन्दै त्यहाँबाट लिन आग्रह गरे ।

पीडित नेपालीहरुका अनुसार ती इन्स्पेक्टर नेपालीले तिमिहरुको हैसियत र औकात के हो भन्दै प्रश्न गरेका थिए । त्यसपछि भारतबाट फर्किएको लगभग ३५ जनाको टोली आक्रोशित भएका थिए । पीडितहरुका अनुसार ती इन्स्पेक्टरले भनेका थिए, ‘म कर्मचारी हुँ तर कासको थालमा भात खाँदैन । तिमिहरुको हैसियत के हो ।

तर यता ब्रह्मदेव विओपिका इञ्चार्ज दिल बहादुरले हैसियतको कुरा नगरेको दाबी गरे । उनका अनुसार व्यापारीहरुले नेपालीहरुसँग भारतीय बजारबाट सामान पठाउने गरेका छन् । त्यहीँ आशंकामा उनीहरुबाट भाडाकुडा जफत गरेको दाबी गरे ।

तस्करहरुलाई मिलेमतोमा छोड्ने गरेको सिमामा खटिएका शसस्त्र प्रहरीका कर्मचारीमाथि लाग्ने गरेको छ । तर रोजगारीका लागि भारत गएका सर्वसाधारणले पसिनाको कमाईबाट ल्याएको सामान जफत गरेपछि शसस्त्र प्रहरीमाथि प्रश्न चिन्ह खडा भएको छ ।

प्रतिक्रिया





Top