जनकपुरधाम । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको अभिव्यक्तिको समर्थनमा जनकपुरधाममा राजावादीहरुले प्रदर्शन गरेका हुन ।
जनकचोकबाट निकालिएको मोटरसाइकल जुलुस जनकपुरधामको विभिन्न भागमो परिक्रमा गरिएको छ । सो क्रममा प्रदर्शनमा सहभागीहरुले ‘सक्यो तिम्रो लुटतन्त्र, ल्याउँछौं हामी राजतन्त्र’ नारा लगाएका छन् ।
पूर्वराजा ज्ञानेन्द्रले फाल्गुन ७ मा अहिलेको व्यवस्था र दलहरु असफल भएको भन्दै राष्ट्र जोगाउन नेपालीहरुले साथ दिनुपर्ने बताएका थिए । उनको अभिव्यक्तिको काँग्रेस, एमाले, माओवादीसहितका दलका नेताहरु विरोध गरेका छन् ।
तर राप्रपा र राजवादीहरुले पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्तिको समर्थन गर्दै राजतन्त्र ल्याउने भन्दै आन्दोलनमा उत्रेका छन् ।








प्रतिक्रिया