भठिहनमा ‘यादव चोक’ विवाद प्रकरण : दुई पक्षबीच पाँच बुँदै सहमती

न्यूज डेस्क     २०८१ चैत्र ६, बुधबार ०६:५४ बजे मा प्रकासित


जनकपुरधाम । धनुषा जिल्लाको सबैला नगरपालिका वडा नम्बर ९ भठिहनमा ‘यादव चोक’को बोर्ड लगाएपछि विवाद उत्पन्न समाधान गर्न दुबै पक्ष पाँच बुँदै सहमति गरेको छ ।सहमती अनुसार नामाकरण गरिएको ‘यादव चोक’ नाम रहने छैन ।

धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयाको अगुवाइमा दुबै पक्षबीच पाँच बुँदै सहमति भएको हो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम सबैला नगरपालिकाले दुई महिनाभित्र नामाकरण गर्ने र सो सम्बन्धमा नगरपालिकाले जिल्ला सुरक्षा समितिलाई आवश्यक परेको बेला आमन्त्रितको रुपमा सहभागी गराउने सहमती भएको छ ।

चोकको नामाकरण गर्ने विषयमा दुई पक्षबीच विवाद चर्केपछि पटक पटक झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन सोमबार प्रहरीले चलाएको गोली लागेर २२ वर्षीय सन्तोष यादव घाईते छन् । उनको उपचार काठमाडौंमा भइरहेको हाे ।

घाईते यादवको सम्पूर्ण उपचार तथा क्षतिपूर्तिको लागि जिल्ला सुरक्षा समितिबाट निर्णय गरी मन्त्रालयलाई सिफारिस गरी पठाउने पनि सहमति पत्रमा उल्लेख छ । सो घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालयको डिएसपीको संयोजकत्वमा गठित समितिको प्रतिवेदन अनुसार गर्ने पनि सहमति भएको छ ।

यस्तै चोकको नामाकरण नहुँदासम्म सम्बद्ध सबै पक्ष संयमित रहि सबैले एक अर्काप्रति सम्मानजनक व्यवहार गर्न दुबै पक्ष सहमत भएका छन् । योसँगै आन्दोलन पनि स्थगित भएको छ ।

प्रतिक्रिया





Top