धनुषा : चोरी आरोपमा पक्राउ परेका युवक हिरासतमै झुण्डिएपछि…

न्यूज डेस्क     २०८२ श्रावण २३, शुक्रबार २२:०६ बजे मा प्रकासित


जनकपुरधाम । धनुषामा चोरी आरोपमा पक्राउ परेका एक युवक प्रहरी हिरासतमै झुण्डिएको अवस्थामा भेटिएको हाे ।

धनुषाको ईलाका प्रहरी कार्यालय यदुकूहामा चोरी आरोपमा पक्राउ परेका युवक हिरासतभित्रै झुण्डिएपछि अवस्था गम्भिर भएको छ ।उनलाई हिरासतमा लिएपछि आज शुक्रबार साँझ हिरासतभित्रै झुण्डिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

 

धनुषाको कमला नगरपालिका वडा नं. ८ सोनापाडा बस्ने स्थानीय चन्देश्र यादवको अन्दाजी २२ बर्षिय छोरा सुभाष कुमार यादवलाई हिजो राती चोरी आरोपमा पक्राउ परेका थिए ।

समयमै प्रहरी देखेपछि उनलाई उपचारको लागि जनकपुर ल्याएको हो । उनको अहिले आईसीयूमा राखेर उपचार भईरहेको रेग्मीले बताए ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख एसपी नरहरी रेग्मीका अनुसार, चोरी आरोपमा पक्राउ परेका ती युवकले हिरासतभित्रै कपडा खोलेर झुण्डिएका थिए ।

“ईलाका प्रहरी कार्यालय यदुकूहाको हिरासत कक्षमा आफ्नै कपडा खोलेर झुण्डिएका थिए । अहिले उपचार भईरहेको छ र अवस्था स्टेबल छ । आईसीयूमा राखेर उपचार भईरहेको छ । अहिले ठिक छ – एसपी रेग्मीले भने ।

ईलाका प्रहरीका ईन्चार्ज ओम प्रकाश यादवको नेतृत्वमा घाईते भएका यादवलाई तुरुन्तै अस्पताल पुरयाएपछि स्वास्थ्य अवस्थामा सुधार आएको बताईएको छ ।

यसबारे अनुसन्धान भइरहेको एसपी रेग्मीले बताए ।

प्रतिक्रिया





Top