अमित ठाकुर,रौतहट। रौतहटको गौर नगरपालिका वडा नंबर ९ गौर पिपरा सडक खण्ड अन्तर्गत पर्ने मुडवलवा मोड नजिक गएराती सुटकेश भित्र महिलाको शव फेला परेका हो ।
गौर नगरपालिका ९ सिर्सिया अगाडी मुडबलवा गेट नजिक शनिवार राति ९ बजे तिर डोरीले बेरिएका सुटकेश शंकास्पद रहेकोले स्थानीयहरुले प्रहरीलाई जानकारी गरेका थियो । प्रहरीले घटना स्थलमा पुगेर सुटकेश खोलेर हेर्दा महिलाको शव फेला परेका हुन् ।
उक्त सुटकेश कसले त्यहाँ छाडेको हो, कहाँको महिला हो, किन मारेर त्यहाँ राखे सन्दर्भमा प्रहरीले अनुसन्धान राती देखिनै सुरु गरेको प्रहरी उपरीक्षक नेत्रमणि गिरीले बताए। भने आज बिहान मृतकको पहिचान खुलेको र अनुसन्धान अगाडि बढेको प्रहरीले जनाएको हो। फालिएको सुटकेश भित्र माधवनारायण नगरपालिका वडा ६ माधोपुरका रामबिनोद साह सुरहीका २७ बर्षीय बिवाहित छोरी रुवी साह सुरही रहेको पुष्टि भएको हो। मृत्यु सुरहीको ससुरा घर भारत बिहार राज्यको मुज्जफरपुर रहेको मृतकको भिनाजु राजन साह सुरहीले बताए। मृतक सुरहीकी ४ बर्षीय छोरा पनि रहेको मृतकका आफन्तले बताए ।
मृतक सुरही हिजो बेलुकी लगभग ६:३० बजे सम्पर्कमा रहेको र ७ बजे पछि फोन नउठेको मृतकका आफन्तले जनाएको हो। मृतक सुरहीकी आमा गौर नगरपालिका वडा २ मा रहेको एक प्यालेस भन्दा पश्चिम टोलमा डेला लिई बस्दै आएको थियो। मृतक सुरही लगभग २ महिना देखि आमा संगै बस्दै थियो र आज आफ्नो ससुरा घर जाने भनी मृतकका आफन्तले बताए। यस्ता घटना रौतहटमा निर्भिक रुपमा बढेका छन् ।
स्मरणीय छ, रौतहटमा अपराधीहरु निर्भिक भएर अपराधलाई अन्जाम दिईरहेको पाइएका छन् । तिन दिन अघि गौरमा चाकु प्रहारबाट सहाबुद्दिन मियाको विभत्स हत्या गरिएका थिए ।
अपराधीहरु सलबलाईरहेका छन् तर सुरक्षामा तैनाथ जिम्मेवार निकायले सुइको समेत नपाउनुबाट अपराधको घटनामा श्रृंखलाबद्ध रुपमा वृद्धि हुदै जाँदा रौतहटबासी चिन्तीत बन्न थालेको छ ।








प्रतिक्रिया