ढल्केवारका ईन्सपेक्टर सुवेदीले एक परिवारमाथि झुठा मुद्दा लगाएपछि सिँगो परिवार नै त्रासमा !

मधेशपाटी अनलाइन     २०७८ फाल्गुन १८, बुधबार ०६:२७ बजे मा प्रकासित


जनकपुरधाम । धनुषा जिल्लाकाे ढल्केवारका प्रहरी ईन्सपेक्टरले एक परिवारमाथि झुठा मुद्दा लगाएपछि सिँगो परिवार नै त्रासमा रहेका छन् ।

धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका ६ स्थित गोदार घर भएका स्थानीय दिनेश सहनी र बिमलेश सहनी माथि इलाका प्रहरी कार्यालय ढल्केवरले आमनागरिकलाई अचम्मित पर्ने खालको हुँदै नभएको ठगी जस्ता मुद्दा दर्ता गरेको खुल्न आएको छ । यसले सहनी परिवार त्रासमा छन् ।

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रदीप सुबेदी नियम विपरीत तरीकाले बिना कुनै आधार तथा ठोस प्रमाण बिना नै ठगी मुद्दा दर्ता गरेर सहनी परिवारलाई फ़साउन खोजेको रहस्य बहिरिएको छ ।

राजमार्ग छेउको आफ्नो ४ कठा पुस्तैनी जग्गा ४ भदौ ३१ गते बिक्री गरेका थिए । अहीले ६ महिना पछि आफ्नै जग्गा बेचे बापत ठगी जस्तो झूठा मुद्दा खेप्न बाध्य भएका छन् । प्रहरीले पक्राउ गर्ने डरले पीड़ित परिवार न्यायका लागि हार गुहार गर्दै आएका छन् ।

के हो घट्ना ?

धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ६ स्थित गोदार घर भएका स्थानीय दिनेश सहनीले गोदार चौक भन्दा पश्चिमपट्टी करीब दुई सय मीटर पश्चिमको दूरीमा रहेको मुख्य सड़क अर्थात पूर्वपश्चिम राजमार्गको उत्तर पट्टीको राजमार्ग छेउको आफ्नो नाममा रहेको पुरखौली सम्पत्तिको ३७९ किता नम्बरको ४ कठा जग्गा स्थनीय बिरेन्द्र बजार घर भएकी सुमारिया देवी यादवको नाममा नियम सम्मत बिक्री गरे ।

सहनीले ९० लाखमा बिक्री गरेको र बाँकी ११ लाख पछि दिने शर्तमा गत भदौ महिनाको ३१ गतेमा यादवलाई बिक्री गरी मलपोत तथा भूमिसुधार कार्यालयमा नियम सम्मत पास गरे , बाँकी ११ लाख रकम माग गर्न जादा यादवकी छोरा जितेन्द्र यादवले सो रकम दिन अलटाल गर्न थाले पटक पटक माग्न जाँदा आज दिन्छु भोली दिन्छु भन्दै टालटुल गर्दै सो बाँकी रकम दिन भने मानेन् उल्टै आफुहरु माथि झूठा मुद्दा दर्ता गराएर आफूहरुलाई झन पीड़ित बनाएको पीड़ित सहनीको आरोप छ ।

 

जग्गा बाला सँग छलफल बोलाई दिन इलाका प्रहरी कार्यालय धल्केवरका इन्चार्ज प्रहरी निरिक्षक (इन्स्पेक्टर) प्रदीप सुबेदीलाई हार गुहार गर्दा समेत छलफल बोलाई दिएन उल्टै जग्गा धनी सँग मिलेर इंस्पेक्टर सुबेदीले उल्टै आफु माथि झूठा मुद्दा दर्ता गर्दियो।

जग्गा बिक्री गरे बापतको रकम विभिन्न ब्यक्तिको नामले नेपाल इन्भेष्टमेन्ट बैंकको खाता नम्बर ०१४०५०५०३१५५६२ मा बैंक खाता मार्फत ७९ लाख रकम मात्र प्राप्त गरेको बैंक स्टेटमेन्टले बताउँछन् ।

यसरी आफ्नै रकम माग्दा प्रहरीले नै उल्टै ठगी जस्ता झूठा मुद्दा खेप्न बाध्य बनाएको पीडित सहनीले बताउँछन् । ।

 

“पूर्वपश्चिम राजमार्ग छेउको जग्गा बिक्री गर्न गत साउन १ गते बक्री गर्ने सो अनुसारको जग्गा बैना गरियो र सोही जग्गा बिक्री गरियो तर आज ६ महिना पछि आफ्नै पैसा मग्न जाँदा प्रहरीले उल्टै कसरी ठगी मुद्दा दर्ता गरियो । हामी कसरी ठगी गरे जून जग्गा देखाएँ सोही कित्ता नम्बर जग्गा पास गरे ठगी कसरी भयो प्रहरीले आफूहरुलाई बदनियत पूर्वक फ़साउन खोजेको छ ।”– पीड़ितका दाई बिमलेश सहनीले बताए ।

ठगी भएको भन्ने विषय कहीँ पुष्टि नहुने तथ्य फेला परेको छ । गत महिनाको गतेमा सहनीको नाममा रहेको किता नम्बर समेत उल्लेख सहितको जग्गा बैना कागज समेत पीडित परिवारले सुरक्षित राखेको बेला ईन्सपेक्टर सुवेदीले व्यक्तिगत फाईदाको लागि परिवारजनमाथि झुठा मुद्दा लगाएर तर्साउन खोजेको आरोप छ ।

नापी कार्यालयको नक्सामा समेत पूर्व पश्चिम राजमार्गको छेउमैं जग्ग देखिन्छ साबिक १९० नम्बरको किता पूर्वपश्चिम राजमार्ग देखिन्छ । सो राजमार्गको उत्तर पट्टी राजमार्ग छेउ मैं जग्गा देखिन्छ ।

गणेशमान चारनाथ नगरपालिकाको वडा नम्बर ६ का वडा अध्यक्ष रंजीत साहले जग्गाको चार किल्ला घर बाटो प्रमाणित समेत गरेको सिफारिसमा उल्लेख छ ।

 

बैना भए अनुसारकै सोही किता नम्बरको जग्गा पास भएको देखिन्छ । स्थलगत दृश्य हेर्दा समेतले पुष्टि गर्छन् राजमार्गको सिमाना ८२ फिट सड़क छोडेर स्थगलत जग्गा नापदा समेत जग्गा राजमार्ग मैं छोएको देखिन्छ ।


जग्गाको दृश्य र नक्साको दृश्य

यति मात्र होइन इलाका प्रहरी कार्यालय ढल्केबरमा सहनी विरुद्ध ठगी सम्बन्धी ठाडो उजुरी परे पश्चात इप्रका प्रमुख सुबेदीको नेतृत्वमा गणेशमान चारनाथ नगरपालिका ६ का वडा अध्यक्ष रंजीत साह नगरपालिकाको नापी अमीन र जिल्ला नापी कार्यालयका अमीनले समेत स्थलगत अनुगम गर्दा वास्तवमा जग्गा भने राजमार्गको छेउमैं रहेको पुष्टि गरिएको थियो ।

स्थलगत मुचलका तैयार गरियो । तर मुचलका लुकाए प्रहरीले इलाका प्रहरी कार्यालय प्रमुख इन्स्पेक्टर प्रदीप सुवेदीको एक अडियो रेकर्डले समेत पुष्टि गर्छन् ठगी होइन भन्ने कुरा ।

नेपाल सरकारले नक्सा संसोधन नगर्दा जग्गा धनीहरु झनै पीड़ित बन्दैः मेयर यादव

धनुषाको गणेशमान चारनाथ नगरपालिकाका मेयर रामबाबू यादवका अनुसार पूर्व कमला देखी पश्चिम धल्केवर सम्म दर्जनों व्यक्ति नक्सा संसोधन नभएकोले यस्ता समस्या भोग्न बाध्य छन् ।

यो मुद्दा प्रहरीले ठगीमा दर्ता हुने मुद्दा हुँदै होईन यो नेपाल सरकारको समस्या हो । जग्गा धनीहरु पुस्तौ देखी राजमार्ग छेउको जग्गा हकभोग गर्दै आएको जग्गा बिक्री गर्दा निर्दोषलाई ठगीको मुद्दा खेप्न बाध्य बनाउने प्रहरी अधिकारी माथि प्रश्न उठ्ने स्वभाविक रहेको उनले बताउए ।

जग्गा सम्बन्धी मुद्दा प्रहरीले प्रत्यक्ष रूपना हेर्नै नहुँने मुद्दा हो यो त स्थानीय सरकारले मात्र हेर्न सक्ने व्यबस्था छ तर प्रहरीले बदनीयत पूर्वक यो आफु हेर्न अनुकूल ठगी जस्ता मुद्दा दायर गरेर पीड़ितलाई मानसिक तनावको सिकार गराउन खोजेको देखिन्छ ।

प्रहरीले सनकको भरमा बदनीयत पूर्वक निर्दोषलाई फ़साउन खोजे

प्रहरी निरीक्षक इन्स्पेक्टर प्रदीप सुबेदीले भने पद र बर्दीको दुरुपयोग गर्दै सनकको भरमा मुद्दा दर्ता भन्ने खुलेको छ ।

दर्जा पुगेका आफै अनुसन्धान अधिकृत समेत रहेका इन्स्पेक्टर सुबेदीले स्थलगत मुचलका उठायो तर आफु भन्दा माथिल्लो निकाय जिल्ला प्रहरी मार्फत जिल्ला प्रशासन कार्यालयमा सो स्थगत मुचलका बारे समेत जानकारी नगराई गुपचुप तरीका आफुहरु विरुद्ध हुँदै नभएको ठगी जस्ता झूठा मुद्दा दर्ता गरेर आफूहरु माथि प्रहरीले दमन गरेको पीड़ित बिमलेशले बताए।

कान्छो भाई दिनेश सहनीको नाम रहेको जग्गा पारदर्शी रुपमा बिक्री गरे । उनकै बैंक खाता मार्फत रकम भुक्तानी भयो । मेरो संलग्नता कहीँ कतै नरहे पनि म माथि ठगी जस्ता झूठा मुद्दा दर्ता किन गर्यो मेरो के गलती यसरी आफु साह्रै अन्याईमा परेको भन्दै सम्बन्धित निकाय सँग न्यायका माग गरेका छन् ।

प्रहरी इन्स्पेक्टर सुबेदीले पटक पटक घरबाटै उठाएर घिसार्दै ल्याउँछु भन्दै फोन मार्फत धाक धमकी दिएको उनको आरोप छ ।

मुलुकी अपराध संहियता ऐन २०७४ को दफा ९९ अनुसार कानून बमोजिम अनुसन्धान वा अभियोजन गर्ने जिम्मेबारी भएको अधिकारीले निर्दोष व्यक्तिलाई फ़साउने वा बास्तविक कासुरदारलाई जोगाउने मनसायले बनियत पूर्वक अनुसन्धान गर्न वा अभियोग अलगाउनु हुदैन। आदि लगाएमा (२) दफा १ बमोजिमको कसूर गर्ने वा गराउने ब्यक्तिलाई ६ महिना सम्म कैद वा ५ हजार रुपैया सम्म जरिबाना वा दुबै सजाय हुने व्यवस्था छ ।

र साथै (३) दफा १ बमोजिमको कसूरबाट कुनै व्यक्तिलाई कुनै किसिमको हानि नॉक्सनी भएमा निजले त्यस्तो कासुरदारबाट क्षतिपूर्ति भराई लिन सक्ने ब्यवस्था समेत रहेको छ ।

प्रतिक्रिया





Top