छुट्टाछुट्टै ठाउँमा करेन्ट लागेर तीन जनाको मृत्यु

मधेशपाटी अनलाइन     २०७८ असार २०, आईतवार १३:५९ बजे मा प्रकासित


जनकपुरधाम : छुट्टाछुट्टै ठाउँमा करेन्ट लागेर तीन जनाकोा मृत्यु भएको छ । करेन्ट लागेर बारा, ताप्लेजुङ र इलाममा गरी तीन जनाको मृत्यु भएको छ ।
बाराको सुवर्ण गाउँपालिका वडा नम्वर ७ सन्फुलवाका ३० वर्षीय मुन्नाप्रसाद यादवको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ । आफ्नै घरको कलमा हात मुख धुने क्रममा कलमा जोडेको मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै ताप्लेजुङको सिरिजंघा गाउँपालिका वडा नमवर २ पुल्चोकस्थित सुन्तली हाईड्रोपावरमा काम गर्ने एक युवकको पनि करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने २२ वर्षीय प्रमोद कुँवर रहेका छन् । काम गर्ने क्रममा अचानक करेन्ट लागेर उनको शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी इलामको माङसेबुङ गाउँपालिका वडा नम्वर ५ का ४० वर्षीय प्रविन राईको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ । माई नगरपालिका वडा नम्वर ४ स्थित घरबाट विद्युतको तार जोडी गङटेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि स्थानीय तारा मेडिकलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया





Top