म्यादी प्रहरीको तालिम समापन

न्यूज डेस्क     २०७९ बैशाख ९, शुक्रबार ०७:२० बजे मा प्रकासित


जनमपुरधाम । २०७९ वैशाख ३० गते हुन गईरहेको स्थानीय तह निर्वाचनको सुरक्षा प्रयोजनार्थ छनौट गरिएका म्यादी प्रहरीहरुलाई प्रदान गरिने १० दिने पेशागत तालिमको २०७९ वैशाख ०७ गते जिल्ला प्रहरी कार्यालय महाेत्तरीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) कृष्ण प्रसाद पगेनीबाट प्रशिक्षक, प्रशिक्षार्थीहरुमा निर्देशन सम्बोधन गरी तालिम समापन गरिएको छ ।

उक्त तालिमका संयोजक प्र.नि.सुनिल धाँजुले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरिएको थियाे । प्र.ना.उ. प्रकाश बिष्टले प्रमुख अतिथिलगायत सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका थिए । उक्त तालिममा जिल्ला प्रहरी कार्यालय महाेत्तरी, ई.प्र.का बर्दिबास , ई.प्र.का. गौशालामा गरी महिला ४९८ र पुरुष १९७६ जना गरी कूल २४७४ जना प्रशिक्षार्थी (म्यादी प्रहरी)हरुको सहभागिता रहेको थियाे ।

प्रतिक्रिया





Top