शम्भु पण्डित ,जनकपुरधाम । धनुषाको सबैला नगरपालिकामा मेयर पदको लागि आज उम्मेदवारी जम्मा ३ जना दर्ता गराएको छ। पहिलो नम्बरमा जनमत पार्टी र अन्य दुई छुट्टाछुट्टै पार्टीबाट सबैलाकाे मेयरमा २ जना र वडाध्यक्षमा २१ सहित जम्मा २४ जनाले उम्मेदवारी दर्ता गराएको हाे ।
निर्वाचन अधिकृत कार्यालयमा पहिलो पटक सहभागिता जनाएको जनमतले सबैला नगरपालिकाको प्रमुख पदमा आइतबार उम्मेदवारीसमेत दर्ता गराएका हुन।
धनुषा जिल्लाकाे सबैला नगरपालिकाकाे प्राथमिक स्वस्थ्यकेन्द्र भवनमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भीडभाड देखिएको छ । कार्यालय आसपासमा उम्मेदवारी दर्ता मनोनयन गर्नेका समर्थकको भीड लागेको हो ।
सबैला निर्वाचन अधिकृत कार्यालयमा रहेका प्रमुख श्री बासुदेब पाण्डे अनुसार अहिलेसम्ममा प्रमुख पदका लागि जनमत पार्टीबाट बिवी साह पहिला अन्य पार्टी लगायत ३ जना उम्मेदवारी दर्ता दिएका छन् ।सर्वदलीय पार्टीका रहेका वडा अध्यक्ष पदमा जम्मा आज २१ जना उम्मेद्वारी रहेको हाे । ठूला राजनीतिक पार्टीहरुले भोली उम्मेद्वारी दिने तयारी गरेका छन् ।








प्रतिक्रिया