टिकट माग्न जाँदा कांग्रेसकै नगर सभापतिले पाण्डेलाई निर्घात कुटपिट

न्यूज डेस्क     २०७९ बैशाख ११, आईतवार २२:३४ बजे मा प्रकासित


टिकट माग्न जाँदा कांग्रेसकै नगर सभापतिबाट निर्घात कुटिए पाण्डे

जनकपुरधाम । काभ्रेको नमोबुद्ध नगरपालिकामा मेयरको टिकटमा विवाद हुँदा पत्रकारसमेत रहेका रोशन पाण्डे कुटिएका छन्।

काभ्रेको नमोबुद्ध नगरपालिकामा मेयरको टिकट माग्दा कांग्रेसको नगर सभापति कुन्साङ लामाले पाण्डेलाई निर्घात कुटपिट गरेका हुन्।

मेयरको उम्मेदवार छान्ने विषयमा नमोबुद्ध नगरपालिकामा कांग्रेसका दुई पक्षबीच विवाद थियो।

जसमा मेयरका एकजना आकांक्षी समेत रहेका कुन्साङ लामाले मेयरका अर्का दाबेदार पाण्डेमाथि आइतवार साँझ कुटपिट गरी सख्त घाइते बनाएका हुन्।

पाण्डे प्रेस युनियन काठमाडौंका सदस्य तथा पत्रकार महासंघ उपत्यका प्रदेश समितिका सचिव पनि हुन्।

उनी यसअघि कांग्रेसको क्षेत्रीय सभापतिमा पराजित भएका थिए। पाण्डेमाथिको कुटपिटलाई लिएर कांग्रेसनिकट पत्रकारहरुले विरोध सुरु गरेका छन्।

प्रतिक्रिया





Top