जसपा नेताको घरदैलो कार्यक्रममा गएका एक स्थानीय पुरुषको मृत्यू

न्यूज डेस्क     २०७९ बैशाख १८, आईतवार १०:५९ बजे मा प्रकासित


सिरहा । सिरहा जिल्लास्थित नेतासँग घरदैलो कार्यक्रममा जाँदा एक जनाको लडेर मृत्यू भएको छ ।

सिरहाको नवराजपुर गाउँपालिका अन्तर्गत जनता समाजवादी पार्टीको घरदैलो कार्यक्रममा गएका एक स्थानीयको मृत्यू भएको हो ।

मृत्यू हुनेमा सोही गाउँपालिका वडा नम्बर १ का अन्दाजी ६५ वर्षिय बद्रीमोचीको मृत्यु भएको जिल्ला प्रहरी सिरहाले जनाएको छ ।

चुनाव प्रचार–प्रसारकै क्रममा लडेर वेहोस भएकाउनको उपचारको लागि नजीकको स्वास्थ्य संस्थामा पुर्याइए पनि उनको मृत्यु भईसकेको प्रहरीले जनाएको छ।

मृत्युको कारणबारे आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए।

शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उमा प्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ।

प्रतिक्रिया





Top