जनमत पार्टीबाट उम्मेदवारी दिएपछि काँग्रेसीया कार्यकर्ताले उम्मेदवार र श्रीमानलाई कुटे

न्यूज डेस्क     २०७९ बैशाख १८, आईतवार ११:११ बजे मा प्रकासित


जनकपुरधाम । धनुषामा जनमत पार्टीबाट उपमेयरका उम्मेदवार महिला र तिनका पतिमाथि कुटपिट भएको छ ।

क्षीरेश्वरनाथ नगरपालिकामा उपमेयर पदकी उम्मेदवादर विनिता पाठक र उनका पति जितेन्द्र पाठकमाथि कुटपिट भएको हो ।

आफू र आफ्नी श्रीमती विनितालाई काँग्रेस कार्यकर्ताले हातपात गरेको जितेन्द्र पाठकले आरोप लगाएका छन् ।

स्थानीय काँग्रेस कार्यकर्ता विजय यादवले कुटपिट गरेको जितेन्द्रको आरोप छ ।

सिके राउत नेतृत्वको जनमत पार्टीबाट उपमेयरकी उम्मेदवार पाठकको घर धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं। १० प्रस्टोकीमा पर्छ ।घटना शुक्रबार दिउँसोको हो ।

‘मेरो श्रीमान प्रचारप्रसाको लागि जाँदै हुनुहुन्थ्यो । घरबाट निस्केपछि केहि पर मेरो श्रीमानमाथि कुटपिट भइरहेको जानकारी पाएँ । म जाँदा उहाँको जगल्टा विजयले समातेर कुटपिट गरिरहेका थिए । छुट्टाउन गएपछि मलाई पनि उनले कुटपिट गरे ।’ उम्मेदवार नविताले सुनाइन् ।

उनले आफू जनमत पार्टीको उम्मेदवार भएकै कारण काँग्रेस कार्यकर्ताले निहु खोजेर कुटपिट गरेको भन्दै कारबाहीको माग गरिन् ।

उम्मेदवार भएकै कारण काँग्रेस कार्यकर्ताले निहु खोजेर कुटपिट गरेको स्थानीय जयकुमारले बताए ।

प्रतिक्रिया





Top