सशस्त्र प्रहरीको महानिरीक्षक (एआईजी) मा राजु अर्याल नियुक्त

न्यूज डेस्क     २०७९ बैशाख १८, आईतवार १५:०५ बजे मा प्रकासित


 

सरकारले सशस्त्र प्रहरीको महानिरीक्षक (एआईजी) मा राजु अर्याललाई नियुक्त गरेको छ ।

आज आइतवारको मन्त्रि परिषद्को बैठकले अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी) अर्याललाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो । सशस्त्रमा अर्याल महानिरीक्षकको एक्लो दाबेदार हुनुहुन्थ्यो ।

आज नै नेपाल प्रहरीको आईजीपीमा धिरजप्रताप सिंह नियुक्त हुनुभएको छ । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले आजै अवकाश पाउँदै हुनुहुन्छ ।

 

प्रतिक्रिया





Top