सबैला’ प्रहरीले सार्वजनिक स्थानमा राखिएको चुनावी पर्चा पम्पलेट समाग्रीहरु हटाउँदै

न्यूज डेस्क     २०७९ बैशाख २०, मंगलवार १०:५५ बजे मा प्रकासित


शम्भु पण्डित,जनकपुरधाम । धनुषा जिल्लास्थितिको ईलाका प्रहरी कार्यालय सबैलाले विभिन्न सार्वजनिक र सरकारी स्थानमा राखिएको चुनावी प्रचार प्रसारको समाग्रीहरु हटाउन थालेका छन् ।

निर्वाचन आयोगद्धारा जारी गरिएको निर्वाचन आचार संहिता पालना गराउनको लागि कुनै पनि सार्वजनिक स्थानमा झुण्डयाइएको पोष्टर, पर्चा, पम्पलेटहरु हटाउन थालेका छन् ।


ईलाका प्रहरी कार्यालय सबैला कमाण्डमा गएको प्रहरी टोलीले बजार एरिया,चाैकहरुमा लगायतको स्थानबाट आचारसंहिता विपरितको चुनावी प्रचार समाग्री हटाएको हो ।

म्यादी प्रहरीको सहयोगमा बिजुलीको पोल, मठ मन्दिर, सार्वजनिक दलान, सार्वजनिक स्थल, सरकारी स्थलमा नियम मिचेर लगाएको प्रचार प्रसार समाग्री हटाउन सुरु गरेको हो ।

सबैला नगरपालिकाका निर्वाचन अधिकृत बासुदेब पाण्डेको विशेष निर्देशनमा ईलाका प्रहरी कार्यालय सबैला प्रहरी ईन्सपेक्टर राजकुमार सिंह निर्वाचन समाग्री हटाउन सुरु गरेका हुन् ।

ईन्सपेक्टर सिंहले निर्वाचन आयोगले वर्जित गरेको स्थानमा आचारसंहिता विपरित कुनै पनि ठाउँमा पर्चा, पम्पलेट, चुनावी प्रचार समाग्री नराख्न आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया





Top