सबैला नगरपालिकाका मेयर साहले दिएनन् पदबाट राजीनामा, गाडी फिर्ता पनि गरेनन

न्यूज डेस्क     २०७९ बैशाख २१, बुधबार १४:२० बजे मा प्रकासित


जनकपुरधाम । धनुषाको सबैला नगरपालिकाका मेयर विजयशंकर प्रसाद साहले अझै राजीनामा दिएका छैनन् ।

आउँदो बैशाख ३० गते हुने स्थानीय तहको चुनावको लागि उनले आफू नेपाली काँग्रेसबाट टिकट नपाउने कन्फर्म भएपछि उनले पदबाट अझै राजीनामा दिएका छैनन् ।

पदबाट राजीनामा नदिएका मेयर साहले सरकारी गाडी समेत फिर्ता नगरी कार्यवाहक मेयरको रुपमा कार्य गर्दै आएका छन् ।

चुनावमा भाग लिनको लागि अर्थात उम्मेदवार हुनको लागि निर्वाचन आयोग नेपालले अनिवार्य पदबाट राजीनामा दिनुपर्ने प्रावधान लगाएपछि विभिन्न पालिकाहरुबाट जनप्रतिनीधिले राजीनामा गरिसकेका छन् ।

पुनः चुनाव लडने आसमा जनप्रतिनीधिहरुले पदबाट राजीनामा गरिसकेको अवस्थामा सबैला नगरपालिकाका मेयर साहले राजीनामा दिएनन् । उनले चढदै आएको सरकारी गाडी समेत बुझाएका छैनन् ।

प्रतिक्रिया





Top