जनकपुरधाम । मधेश प्रदेशको सबैला नगरपालिकाबाट नेकपा एकीकृत समाजवादीबाट मेयर पदमा उम्मेदवारी दर्ता गराएका एक उम्मेदवार नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नेकपा एकीकृत समाजवादीबाट धनुषाको सबैला नगरपालिकाको मेयर पदका उम्मेदवार राजु गुप्ता एमालेका उम्मेदवार राजकिशोर यादवलाई समर्थन गर्दै पार्टी प्रवेश गरेका हुन् ।
नेकपा एमालेमा प्रवेश गर्दै उनले भने, ‘सबै नेता–कार्यकर्ताको आग्रहमा आफूले राजकिशोरजीलाई समर्थन गर्दै पार्टी प्रवेश गरेको छु ।’
एमालेमा फर्किएका उनलाई पार्टीका नेता रामचन्द्र मण्डलसहितकाले स्वागत गरेका थिए ।








प्रतिक्रिया