डेरीमा आगलागी हुँदा करिब ६ लाख रुपैयाँ बराबरको मेसिनरी यन्त्रमा क्षति

न्यूज डेस्क     २०७९ बैशाख २५, आईतवार ०७:२३ बजे मा प्रकासित


 

दाङको घोराही उपमहानगरपालिका-१५ मा रहेको घोराही डेरीमा आगलागी भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अगाडि अस्पताल रोडमा रहेको  डेरीमा आगलागी हुँदा करिब ६ लाख रुपैयाँ बराबरको मेसिनरी यन्त्रमा क्षति भएको सञ्चालक सुदय शर्माले जानकारी दिनुभएको छ । क्षतिको थप विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

ग्यास लिक हुँदा लागेको आगो प्रहरी र घोराही उपमहानगरपालिकाको दमकलको सहायतामा निभाइएको प्रहरीले जनाएकाे छ ।

 

प्रतिक्रिया





Top