पाँच वर्षपछि पुग्दै मुसहर बस्तीमा नेताहरु, आश्वसन बाँड्दै 

न्यूज डेस्क     २०७९ बैशाख २५, आईतवार ०७:३७ बजे मा प्रकासित


धनुषा।

चुनाव नजिकिएसँगै उम्मेदवारहरु परिवर्तनको आश्वसन बाँड्दै घरदैलो अभियानमा छन् ।
ठुलाठुला सपना देखाएर मत आफ्नो पक्षमा ल्याउने प्रयत्नमा छन् । तर, धनुषाको सबैला नगरपालिका वाडा नं. ९ स्थित भठिहन टोलका मुसहर समुदाय  बस्तीका नागरिकको चाहना भने फरक छ ।

ई बस्तीका नागरिकका सपना धेरै छन् । तर, केही व्यक्तिको मतदाता नामावलीमा नाम नै छैन । चुनाव आउँदा दिनरात ठुलठुला नेता र सयौं कार्याकर्ताहरु हरेक पल आउने क्रम जारी नै छन्। विभिन्न किसिमका एजेन्डाहरु लिएर ई बस्तीमा जान्छन् तर सपना हेराउने काम मात्र गर्छन,  मुसहर समुदायका नागरिकहरु भन्छन्।

आफ्नो समुदायमा राम्रो खानेपानी बाटो होस् भन्ने चाहना कस्को नहोला ? धेरैको सपना छ, सानो टुक्रा जमिन भएपनि आफ्नो नाममा होस् । सुखदुःख जे भएपनि जिन्दगी आफ्नै छाप्रोमा कटोस् ।

एक बस्ती एक पलको भरमै, बाटोघाटो वर्षायाममा हिलाम्मे देखि  घरमै पानी पस्ने, लालपुर्जा छैनन्, सौचालयको समस्या, शिक्षा, स्वास्थको समस्या जति भन्दा पनि न्यून नै देखिन्छ।

नेताहरु हरेक निर्वाचनमा मत माग्न पुग्छन् । तर भठिहनका यी समुदायको व्यक्तिगत, सामाजिक जीवन र आर्थिक अवस्थामा कहिल्यै सुधार आएन ।

प्रतिक्रिया





Top