लगमामा रामचन्द्र झालाई ठुलो झटका: नेकपा एस छाडेर सयौं कर्याकर्ता एमालेमा प्रवेश

न्यूज डेस्क     २०७९ बैशाख २६, सोमबार ०६:२७ बजे मा प्रकासित


जनकपुरधाम, बैशाख । धनुषा जिल्लाको कमला नगरपालिकामा नेकपा एकीकृत समाजवादीका नेता÷कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला कमिटि सदस्य कपिलदेव बनरैतसहित जेबिन्दर यादव, श्यामसुन्दर यादव, रामनारायण यादव, जगदीश मुखियासहितका नेता÷कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

झण्डै डेढ् सय जना नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई एमालेका प्रदेश सदस्य सुकदेव यादव, एमाले मेयरका उम्मेदबार दीपेन्द्र यादवसहितकाले स्वागत गरेका छन् ।

पार्टी नेता रामचन्द्र झाले तानाशाही प्रबृत्ति देखाएको भन्दै नेकपा एमालेमा प्रवेश गरेको उनीहरुले बताएका छन् ।नेकपा एस छाडी नेकपा एमाले प्रवेश गर्नेहरु नेता झाकै गाउँका हुन् ।

प्रतिक्रिया





Top