राष्ट्रपतिद्वारा जेठ ३ गते मंगलबार अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान

न्यूज डेस्क     २०७९ बैशाख २६, सोमबार १०:३२ बजे मा प्रकासित


राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन्।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद अधिवेशन डाकेकी हुन्।

आइतबार बसेको मन्त्रिपरिषदले जेठ ३ गते मंगलबार अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो।

सोही अनुरूप राष्ट्रपति भण्डारीले दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन्।

प्रतिक्रिया





Top