चुनावका दिन रिपोर्टिङ गर्न परिचय पत्र भए पुग्ने

न्यूज डेस्क     २०७९ बैशाख २९, बिहीबार ०७:०८ बजे मा प्रकासित


काठमाडौं । सूचना विभागबाट जारी भएको पत्रकार परिचय पत्र हुने पत्रकारले निर्वाचनका दिन सवारीसाधन चलाउन र रिपोर्टिङ गर्ने पाउने भएका छन् ।

नेपाल पत्रकार महासंघको आग्रहमा निर्वाचन आयोगले यस्तो व्यवस्था गरेको महासंघका महासचिव रोशन पुरीले जानकारी दिए। आयोगले यसअघि जारी गरेको पत्रकार परिचयपत्रबाहकलाई मात्र निर्वाचनका दिन रिपोर्टिङ गर्न दिने बताएको थियो ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाकाअनुसार महासंघको आग्रहअनुसार अब सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्र भएकाले पास लिनुपर्ने छैन।

परिचय पत्र नहुनेको हकमा सञ्चार गृहले सिफारिस गरेका आधारमा पास उपलब्ध हुनेछ।

प्रतिक्रिया





Top