आज रातिदेखि भाेलि बिहान ४ बजेसम्म घरबाहिर निस्किन राेक

न्यूज डेस्क     २०७९ बैशाख २९, बिहीबार २०:२९ बजे मा प्रकासित


जनकपुर धाम।

आज बिहीवार राति ८ बजेदेखि भोलि शुक्रवार बिहान ४ बजेसम्म
सङ्खुवासभामा घरबाहिर निस्कन रोक लगाइएको छ ।

पालिका चुनावको सुरक्षालाई ध्यानमा राखी बेलुका ८ बजेदेखि भोलि बिहान ४ बजेसम्म घरबाट बाहिर निस्कन रोक लगाइएको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले जनाएको छ । अत्यावश्यक कामले घरबाट बाहिर निस्कनुपरेमा सुरक्षा निकायलाई पहिला नै जानकारी गराइ अनुमति लिनुपर्ने प्रशासन कार्यालयले निकालेको सूचनामा भनिएको छ ।

आज स्थानीय तह निर्वाचन जिल्ला आचारसंहिता अनुगमन समितिको बैठकपछि सूचना निकालेर निर्णय पालना गर्न निर्देशन दिइएको छ ।

प्रतिक्रिया





Top