मतदान केन्द्रमा दुई समूहबीच झडप, मतदान रोकियो

न्यूज डेस्क     २०७९ बैशाख ३०, शुक्रबार ०९:३६ बजे मा प्रकासित


 

बाराको सिम्रौनगढ नगरपालिका २ बैरिया र देवताल गाउँपालिका ७ पिपरपाती मतदान केन्द्रमा दुई समूहबीच झडप भएको छ ।

झडपका कारण अहिले ती केन्द्रमा मतदान रोकिएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले भने घटनास्थलमा सुरक्षा कडा पार्दै मतदान सुरू गराउन आफूले पहल गरिरहेको बताए ।

सीमावर्ती यी दुवै मतदान केन्द्रमा सुरक्षाको दृष्टिकोणले मतदान केन्द्र संवेदनशील मानिएको छ ।

 

 

प्रतिक्रिया





Top