जनकपुर।
पूर्वी नेपालका १३ मतदान केन्द्रमा वर्षाका कारण मतदान रोकिएको छ ।
अन्य तीन ठाउँमा भने विवादका कारण मतदान रोकिएको प्रदेश-१ प्रहरी प्रमुख नविनराज राईले जानकारी दिए ।
त्यस्तै मधेस प्रदेशको केहि जिल्लाहरुमा भीषण हावापानीको कारण मतदान रोकिएको जानकारी प्राप्त भएको छ।
धनकुटाको सहिद भूमि गाउँपालिका-६, खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ र ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ मा विवादका कारण मतदान रोकिएको प्रहरीले जनाएको छ।








प्रतिक्रिया