जनकपुर।
मतपेटिका बोकेको गाडी दूर्घटना हुँदा ३ जना घाइते भएका छन् ।
रामेछापको रामेछाप नगरपालिका वडा नं १ गोठगाउँबाट मतपेटिका बोकेर रामेछाप बजार आउँदै गरेको गाडी दूर्घटनामा परेको हो ।
ना ७ ख ३५०४ नम्बरको गाडी ब्रेक फेल भएर दूर्घटना भएको हो । गाडीमा सवार म्यादी प्रहरी टंकप्रसाद गौतम, मनोज सुनुवार र प्रहरी जवान जलन राई घाइते भएको प्रहरीले बताएको छ ।








प्रतिक्रिया