जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकामा मतगणना स्थगित भएको छ । मतदान भएको मतभन्दा १५ वटा बढी मतपत्र मत पेटिकामा फेला परेपछि मतगणना स्थगित भएको हो ।
१५ मत बढी फेला परेपछि मतगणना स्थगित गरिएको निर्वाचन अधिकृत पोषराज खनालले जानकारी दिए ।
धनौजी वडा नम्बर २ मा १ हजार ६९४ मत हुनुपर्नेमा सोभन्दा बढी मत मतपेटिकामा फेला परेको जनाइएको छ । मतगणनाको अन्तिम परिणामअनुसार अध्यक्षमा नेपाली काँग्रेसका राजकुमार साह १५१४ मतसहित अग्रस्थानमा छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोसपा नेपाल जिवेन्द्र झा १ हजार १५६ मतसहित दोस्रो स्थानमा छन् ।








प्रतिक्रिया