राेल्पा नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका देउचन घर्ती मगर र नेकपा माओवादी केन्द्रका प्रकाश डाँगीको बराबर मत आएको छ ।
दुवै उम्मेदवारले ५४३ मत प्राप्त गरेका थिए । त्यसपछि गोला प्रथाद्वारा जितको टुंगो लगाइएको छ ।गोला प्रथावाट नेकपा माओवादी केन्द्रका प्रकाश डाँगी वडाध्यक्ष निर्वाचित भए ।
‘त्यति लामो समयको मेहनत क्षण भरकै गोला थुत्दा अन्त्य भयो,’ घर्तीले भने, ‘यो सिस्टम सही÷गलत के हो, मलाई चित्त बुझेन ।’ मतदाताको अपमान भएको आफूले महशुस गरेको उनले सुनाए । वडाका दलित महिला सदस्य, महिला सदस्य र खुला सदस्य भने नेपाली कांग्रेसले जितेको छ ।








प्रतिक्रिया