जनकपुर धाम।
मधेस प्रदेशको जिल्ला धनुषाको सबैला नगरपालिका वार्ड नं. ८ ठिल्ला, यदुवा मा नेपाल कम्युनिस्ट पार्टी(एमाले)लाई पछि पार्दै वडा अध्यक्षमा माओवादी केन्द्रबाट विजयी प्राप्त भएको छ।
मतगणना अनुसार, सबैला नगरपालिका- ८ मा माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार निर्वाचित भएको छ।
अध्यक्ष पदमा सेराजुल राईन ५ सय ७९ मत प्राप्त गरि विजयी भएको हो।
उनको निकटतम प्रतिद्वन्दी एमालेबाट उम्मेदवार दुर्गा प्रसाद राय ४१८ मत प्राप्त गरि प्राजित भएको छ।
त्यस्तै, नगरपालिकामा मतगणना जारी नै छन्। अहिले वार्ड नं. ९ को गिन्ती भइरहेको निर्वाचन अधिकृत बासुदेव पाण्डेले जानकारी गराए। पालिकामा जम्मा १३ वार्ड सम्म छन।








प्रतिक्रिया