धनुषा।
धनुषाको सबैला नगरपालिकामा
नेकपा (माओवादी केन्द्र) का नेता मातृकाप्रसाद यादवका भाई माओवादी केन्द्रका उम्मेदवार मेयर बिजय प्राप्त गरेका छन्।
नगरपालिकाको मेयरमा माओवादी केन्द्रका उम्मेदवार कारीराम यादव
४ हजार २ सय १२ मत ल्याएर बिजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी नगरका मेयर एवं नेपाली कांग्रेसका उम्मेदवार जगत सुन्दर साहले ४ हजार ७६ मत ल्याएका थिए। अन्तिम झनमा दुबै मेयर बीच कडा प्रतिस्पर्धा भएको थियोे। मेयर यादव १९२ मतको नेपाली कांग्रेसबाट अगाडि बढ्दै २०५ मत गन्न मात्रै बाकी थियोे। यद्यपि, रोमाञ्चक जित मेयर यादवले सजिलै हासिल गरे।
त्यस्तै, उपमेयरमा माओवादी केन्द्रकै उम्मेदवार रहिमा खातुनले ४ हजार ६ सय ९९ मत प्राप्त गरी निर्वाचित भइन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेबाट किरण कुमारी कापरले ३ हजार ६ सय ४ मत प्राप्त गरेकी थिइन ।
सबैला नगरपालिकाको मेयर, उप-मेयर र वडा-अध्यक्षमा निर्वाचितहरु निम्नानुसार छन्: ती हुन्
मेयर: कारीराम यादव(माओवादी केन्द्र)-४२१२ मत
उप-मेयर: रहिमा खातुन(“)-४६९९ मत
१.मिथिला साह(कांग्रेस)-५५३
२.मुकेश पुर्वे(एमाले)-४७०
३.ताहिर राईन(लोसपा)-३७५
४.सत्य नारायण यादव(माओवादी)-५००
५.गंगा यादव(जसपा)-३६६
६.पुजन यादव(एकीकृत समाजवादी)-२५५
७.रामदेव सहनी मलाह (एमाले)-३६७
८.सेराजुल राईन(माओवादी)-५७९
९.मनिष राय(“)-७२६
१०.राज कुमार साह(“)-९२३
११.सरोज कु.यादव(राप्रपा)-६२०
१२. राम नारायण अधिकारी(कांग्रेस)- ५५८
१३.देव नारायण महतो(लोसपा)-५७१








प्रतिक्रिया