रेनु दाहालको फराकिलो मतान्तर, ३५ हजार कटाए

न्यूज डेस्क     २०७९ जेष्ठ ८, आईतवार ०९:३० बजे मा प्रकासित


 

भरतपुर महानगरमा माओवादी केन्द्रकी रेनु दाहालको फराकिलो मतान्तर छ ।

ताजा मत परिणाम अनुसार दाहाल ७ हजार ३ सय ८८ मतले एमालेका उम्मेदवार विजय सुवेदीभन्दा अगाडि हुनुहुन्छ ।

दाहालले अहिलेसम्म ३५ हजार ४९ मत पाउनु भएको छ भने सुवेदीले २७ हजार ६ सय ६१ मत पाउनु भएको छ । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ८ सय २३ मत पाउनु भएको छ ।

यस्तै, उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी राप्रपाकी हिमला गुरुङभन्दा १५ हजार ३ सय ९० मतले अगाडि हुनुहुन्छ । अधिकारीले अहिलेसम्म ३७ हजार २ सय ७३ मत पाउँदा गुरुङले २१ हजार ८ सय ८३ मत पाउनु भएको छ ।
 

प्रतिक्रिया





Top