एम्बुलेन्स दुर्घटना हुँदा तिनजना घाइते

न्यूज डेस्क     २०७९ जेष्ठ ८, आईतवार १८:१३ बजे मा प्रकासित


 

जुम्लाको कनकासुन्दरीमा एम्बुलेन्स दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कनकासुन्दरी गाउँपालिका ६ काे दाँते ओखरमा क १ झ १५ नम्बरको कनकासुन्दरी गाउँपालिकाको एम्बुलेन्स आज आइतवार बिहान दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी भुवन भट्टका अनुसार एम्बुलेन्स दुर्घटना हुँदा तीन जना सामान्य घाइते भएका छन् ।

कनकासुन्दरी ६ का दलवीरे ऐडी बिरामी भइ सदरमुकाम ल्याउँदै गर्दा एम्बुलेन्स दुर्घटना भएको हो । एम्बुलेन्स सडकबाट तल खसेकाे छ ।

 

प्रतिक्रिया





Top