कर्जनहा नगरपालिकाभित्र रहेका गरिब बस्तीहरुमा छाना घरहरू अन्त्य गर्ने :नव नगर प्रमुख पोखरेल

न्यूज डेस्क     २०७९ जेष्ठ १०, मंगलवार ०८:१७ बजे मा प्रकासित


मिर्चैया । सिरहा जिल्लाको कर्जन्हा नगरपालिकाको नव निर्वाचित नगर प्रमुख भोला प्रसाद पोखरेल र उप मेयर लक्ष्मी श्रेष्ठले पदभार ग्रहणको सु-अवसरमा कर्जन्हा नगरपालिकाभित्र रहेका सम्पुर्ण गरिब बस्तीहरुमा रहेको फुसको छाना भएका घरहरुको अन्त्य गर्ने बताएका छन ।

नगरपालिका भरिका डुवानमा परेका
क्षेत्रको व्यवस्थापनको लागि आफ्नो अवधिभित्र शत प्रतिशत कार्य गर्ने नगर प्रमुख भोला प्रसाद पोखरेल र उपप्रमुख लक्ष्मी श्रेष्ठले हस्ताक्षर गरेर प्रतिबद्धता व्यक्त गरेका छन ।

नगर भरिका नव निर्वाचित जनप्रतिनिधिहरुलाई ,निर्वाचन अधिकृत बिनोद अमात्य ,पोखरेलले सपथ ग्रहण समारोह कार्यक्रम गराउँदै जनप्रतिनिधिहरुले आ-आफ्ना पदभार सम्हालेका छन ।

प्रतिक्रिया





Top