एक दलित युवतीलाई जोरजबरजस्ती गरेको आरोप, आरोपित फरार

न्यूज डेस्क     २०७९ जेष्ठ १४, शनिबार १५:०१ बजे मा प्रकासित


सिरहा।

मधेस प्रदेशको सिरहामा जोर-जबर्जस्ती गरेको आरोप लगाएको छन्।

जिल्लाको लहान १३ का भरत महतोमाथी एक दलित युवतीलाई इच्छा विपरित शारिरीक सम्बन्ध जोरजबरजस्ती गरेको आरोप छ ।

लहान २४ बस्ने एक युवतीलाई बर्ष २२ का भरत महतोले प्रेम जालमा फसाएर २०७८ माघ १९ गते भगाएर लगेका थिए । पीडित युवतीले ‘मलाई केही दिन मिर्चैयामा राखे ।

त्यसपछि जनकपुर लगे । महिना दिनपछि लहान ल्याए । लहानमा भाडाको घरमा बस्दै आएका थिए । तर, जेठ १० गते राती म सँग भएको गरगहनासहित नगद लिएर मध्यराती भागेको छ ।’ दूई दिनदेखि खोजतलास गरिरहेकी युवतीले जेठ १३ गते इच्छा विपरित शारिरीक सम्बन्ध जोरजबरजस्ती गरेको भन्दै ईलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएका छन् ।

युवतीसँग रहेको सुनको सिकरी १ थान, सुनको वाली २ थान, चाँदीको पायल २ थान र नगद ५० हजार लिएर महतो फरार भएका छन् । लहान प्रहरीले फरार महतोलाई खोजि गरिरहेको बताए ।

प्रतिक्रिया





Top